राम कुशवाहा
वीरगंज २० मंसिर ।
वीरगंज महानगरपालिकाको अलौ र कोनियाबाट अहिले व्यापक तस्करी भईरहेको खबर प्राप्त भएको छ । पर्सा जिल्लाको सिमावर्ती नाका अलौ र कोनियाबाट रातीको समयमा ठुलो मात्रामा तस्करी भईरहेको जानकारी प्राप्त भएको छ । तस्करहरुले भारतबाट खरिद गरी ल्याएका कपडा, हार्डवेयर, ईलेकट्रोनिक्स पार्ट पुर्जा खाद्यान्य लगायतका माल बस्तु भन्सार छली गरी अवैध तरिकाले अलौ र कोनियाको नाकाबाट सिमामा खटेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी रातभरी ओसार पोसार गरिरहेका छन । अलौ र कोनियाको सिमावर्ती नाकाबाट अवैध तस्करी गर्ने अलौकै स्थानिय मदन भन्नेले हार्डवेयरको तस्करी गरिरहेका छन भने कोनियाका बैद्यनाथ भन्नेले भारी मात्रामा कपडाको तस्करी गर्दै आईरहेका छन । कपडाको तस्करी गर्ने बैद्यनाथले ठुलोमात्रामा भारतिय कपडा नेपाल भित्रियाई जगरनाथपुरबाट ट्रकमा लोडगरी नेपालको विभिन्न सहरमा पठाउने गरेका छन । अलौ र कोनिया नाकाबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको मिलोमतोमा अहिले एक दर्जन व्यापरीहरुले भन्सार छली गरी अवैध माल समान ओसार पोसार गरिरहेका छन । अलौ र कोनिया नाकाबाट काम गर्ने तस्करहरुले प्रहरी चौकी अलौका ईन्र्चाज सई गजानन्द साह, शसस्त्र प्रहरी वेस क्याम्प अलौका ईन्सपेक्टर ईश्वर अधिकारी र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह र वप्रका श्रीपुरबाट खटने टाईगर टोलीका प्रहरी हवल्दार अनिल गोल्दार लाई लाखौको महिना बुझाइ तस्करीको लाईन सुरु गरेको एक तस्करले बताए । तस्करहरुले अलौ र कोनियाको नाकाबाट रातीको १२ बजे देखी बिहान ५ बजे सम्म व्यापक तस्करी गरिरहेको स्थानियहरुले बताएका छन । तस्करहरुले स्थानिय प्रशासन देखी प्रदेश २ का शसस्त्र प्रहरीका डिआईजी चन्द्र प्रकाश गौतम र नेपाल प्रहरीका डिआईजी धिरज प्रताप सिंहलाइ समेत महिनावारी बुझाएकोले केही फरक नपर्ने आफना आसेपासेहरुलाई भन्ने गरेका छन । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times