वीरगञ्ज ४ फागुन ।
जनता समाजवादी पार्टीले फागुन ८ गते एक औपचारिक कार्यक्रम विच वीरगञ्जमा निर्मित शहीद स्मारकको अनावरण गर्ने भएको छ । वीरगञ्ज महानगरपालिकाको मूख्य चोक घण्टाघर नजिकै निर्मित मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको योगदानलाई कदर गर्दै उनीहरुको सम्झनामा निर्मित शहीद स्मारकको अनावरण फागुन ८ गते गर्ने जसपा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको आज सम्पन्न बैठकले निर्णय गरेको हो । विघटित प्रतिनिधि सभाका सांसद प्रदीप यादव तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीद्वारा स्मारकको निर्माण गरिएको हो । २०७२ मा भएको तेस्रो मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका ८ जना शहीदहरुको सम्झनामा स्मारक र शालिक निर्माण गर्न ४८ लाख रुपैयाँ खर्च गरिएको छ । स्मारक निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २८ लाख रुपैयाँ र नगरप्रमुख सरावगीले महानगरबाट २० लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो । संविधान घोषणा विरुद्ध २०७२ मा भएको तेस्रो मधेस जन आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सोहन साह कलवार, दिलिप चौरसिया, दिनानाथ साह गोढ, धर्मराज सिंह राजपुत, जय प्रकाश साह, सत्रुधन पटेल र आशिष रामको स्मारकमा शालिक निर्माण गरिएको छ । उनीहरुमध्ये आशिष राम भारतीय नागरिक हुन् । वीरगञ्जबाट सिमावर्ती भारतीय शहर रक्सौल जाने क्रममा उनको शंकराचार्य द्वार नजिकै प्रहरीको गोली लागेर मृत्यु भएको थियो । बैठकले अनावरण कार्यक्रमका लागि प्रदेशसभा सदस्य जनत अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय मुल तयारी समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय