बीरगंज २१ जेठ ।
बीरगंजमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बीरगंजको नारायणी अस्पतालमा उपचाररत २ जना र भवानी अस्पतालमा १ जनागरी ३ जनाको मृत्यु भएको छ ।
पर्सागढि नगरपालिका वाडा नम्बर ३ निवासी ३८ बर्षिय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
जेठ १२ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण अस्पतालको भेन्टीलेटरमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशसकिय अधिकृत विनय श्रीवास्तवले बताउनु भयो ।
त्यसैगरी नारायणी अस्पतालमा उपचारको क्रममा रौतहटको बौदमाई नगरपालिका वाडा नम्बर ६ निवासी ४० बर्षिय पुरुषको मृत्यु भएको छ । जेठ ११ गते अस्पतालमा भर्ना भएका पुरुषको भेन्टिलेटरमा उपचारको क्रममा गएराति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो ।
त्यसैगरी उपचारको क्रममा नारायणी अस्पतालमै सर्लाहीको बरथवा नगरपालिका वाडा नम्बर ५ निवासी ५५ बर्षिय पुरुषको गएराति मृत्यु भएको छ ।
जेठ ४ गते अस्पतालमा भर्ना भएका पुरुषको उच्चनिमोनिया रहेको र भेन्टिलेटरमा राखेर उपचार भईरहेको अबस्थामा गएराति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसैगरी बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ४२ जनाको पिसीआर परिक्षणको क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १५ जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रमित मध्ये १४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ६ जना, रौतहटको १ जना र सर्लाहीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
संक्रमितको उमेर समुह १० बर्ष देखी ७९ बर्ष सम्म रहेको र संक्रमितको सिटीभ्यालु १७ दशमलब ६ देखी ३५ दशमलब ८ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय