वीरगन्ज,६ असार
कालिकामाई गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पवन तिवारीले कालिकामाई गाँउपालिकामा गैर सरकारी संघ संस्था (एनजिओ )को ६०÷४० को भागबन्डा रोकिएपछि उनीहरुको आक्रोशित भएर अहिले गाँउपालिकालाई बदनाम गर्न दुश प्रयासमा जुटेकोे बताएका छन ।
उनले गाँउपालिका भित्र ठगी रोक्न आफुहरुले प्रयास गरेपछि गैर सरकारी संघ संस्थाको गोरख धन्दा रोक्न गाँउपालिकामा गैर सरकारी संघ संस्थाबाट हालसम्म कुनै कार्य सम्पादन नगराएको बताए ।
दुई बर्ष अगाडी गाँउपालिकाको वडा नम्बर २ गदीयानी स्थित ब्रिलिएन्ट युवा क्लबले कसैलाई थाहा नैदिई तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव संग ६०÷४० को बाडफाड गर्ने शर्तमा ६ लाखको जनचेतना कार्यक्रमको सम्झौता गोप्य रुपमा गरेका थिए ।
सो कुरा यादवको सरुवा भएपछि बाहिर आउँदा जनप्रतिनिधिले बिशेष सभा गरी रद गरी सो रकम बैकल्पिक उर्जा तर्फ खर्च गरीएपछि गैर सरकारी संघ संस्थाकर्मीहरुमा खैलाबैला मचेको थियो । ब्रिलिएन्ट युवा क्लब ,कालिकाटाईम्स अनलाईन र कालिकाटाईम्स दैनिकका निर्देशक (एकै परिवारका काका भतिजा ) भएकाले उनीहरुको प्रयासमा गाँउपालिकाले ब्रिलिएन्ट युवा क्लबलाई कार्यक्रम दिन रोेक लगाएदेखि उनीहरु अआफनो संचारमँध्यम प्रयोग गरी गाँउपालिकालाई बदनाम गर्न लागेका छन ।
सार्वजनिक जगामा भएको हिलोको फोटो छापि पक्की सडकलाई ओझेलमा पार्ने प्रयास गरीरहेका छन । गाँउपालिकाका वडाहरुमा पाच प्रतिशत पनि कच्ची बाटो नरहेको अवस्थामा उनीहरु हिलाम्मे सडकबाट वडाबासीलाई समस्या जस्ता समाचार लेखेर पालिकाको बदनाम गर्न जुटेको स्थानीयले गुनासो गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय