वीरगंज, असार २१ ।
सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिबद्ध व्यवसायिक संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि.ले एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ ।
यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको छ ।
यसै क्रममा आज असार २१ गते, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि.द्वारा एक्सपर्ट फाउन्डेसन मार्फत नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा कालिकामाई अस्थायी कोभिड अस्पतालमा एक लाख मूल्यबराबरको १० लिटर क्षमताको एक थान अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप प्रदान गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहाले जानकारी गराए ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि. वीरगंज शाखाका प्रबन्धक दिपक महर्जनले कालिकामाई अस्थायी कोभिड अस्पतालका इन्चार्ज निरन्जन प्रसाद चौरसियालाई सोमबार अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन् । सो अवसरमा कालिकामाई अस्थायी कोभिड अस्पतालका इन्चार्ज चौरसियाले प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले अस्पतालमा बिरामीको उपचार गर्न ठूलो टेवा पुग्ने भन्दै संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, कार्यसमिति सदस्य धर्मेन्द्र चौरसिया, लायन्स क्लब ईन्टरनेशनलकी जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी तथा कालिकामाई अस्थायी कोभिड अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय