बीरगंज ।
पर्साको पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाले व्यापक भ्रष्टाचार र अनियमितता गरेको भन्दै सोको विरोधमा आज युवाहरुले बिरोध प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौरसियाको विरोधमा पकहा मैनपुरका गाउँपालिकाकाको वडा नं. १ देखी ५ सम्मका युवाहरुले पकहा मैनपुर चौकदेखी सयौंको संख्यामा मोटरसाईकल ¥याली निकाली प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले गाउँपालिकामा हुने गरेको भ्रष्टाचार बन्द गर, भान्जाको नियुक्ति खारेज गर, उपभोक्ता समिति पारदर्शि गर जस्ता विभिन्न नारा लेखिएको प्ले कार्डसहित गाउँपालिका परिक्रममा गरी बिरोध गरेको स्थानिय युवा अकलेश साहले बताउनुभयो । मोटरसाईकल ¥यालीसहित प्रदर्शनमा उत्रिएका युवाहरुले ५ वटै वडा परिक्रमा पछि गाउँपालिकाको कार्यालयमा पुगि विरोध सभाको आयोजना गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेकपा एमालेका गाउँपालिका संयोजक अकलेश साह, नेविसंघका राकेश कुशवाह र जसपका युवा नेता नवलकिसोर पटेल लगायतकाले गाउँपालिका अध्यक्षले गरेको भ्रष्टाचारको भण्डाफोर गरिने चेतावनी दिएका थिए । यता सुरक्षाकर्मीको साथमा पुगेका अध्यक्ष चौरसियाले युवाहरुको १५ बुंदे ज्ञापन पत्र बुझेका थिए । सोही क्रममा कर्मचारी र युवाबिच भनाभन हुँदै समान्य झडप समेत भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रण गर्दै स्थितलाई समान्य बनाएको थियो ।
यसैविच
पोखरिया नगरपालिकामा व्याप्त भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुले आज पोखरीया नगरपालिका अगाडी टायर वालेर प्रदर्शन गरेका छन् । युवाहरुले नगरप्रमुख दिपनारायण रौनियार, उपप्रमुख सलमा खातुन सहित कार्यालयका कर्मचारीहरुको विरोधमा नारावाजी गर्दै कार्यालयमा अनुपस्थित कर्मचारीहरुको आजको हाजिरी काट्न लगाएका युवा समाज पोखरीयाका सुजित गिरीले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times