वीरगञ्ज, २३ असोज ।
पर्सा क्षेत्र नम्बर १ का संघिय सांसद प्रदिप यादवले कुस्ती खेल मधेशको पहिचान भएको जिकिर गरेका छन् । मुख्यतया नेपालको मधेशमा मात्रै खेलिने कुस्ति खेलले नेपाल र भारतको मित्रतालाई प्रगाढ बनाएको दावी गरे । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजया दशमीको अवसरमा बाराको परवानीपुर गाउँपालिकामा आयोजित कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै जसपाका प्रभावशाली युवा नेता यादवले कुस्ती खेलको प्रवद्र्धन गर्दै अब मधेश मात्रै नभएर अन्य भेगका बासिन्दहरुसमक्ष पु¥याउनुपर्नेमा जोड दिए ।
कुस्ती खेलाडीलाई प्रोत्साहन गर्नुका साथै कुस्तीको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै सांसद यादवले कुस्ती प्रतियोगिताले नेपाल भारतबिचको सताप्दीऔँ पूरानो सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आत्मियता बढाउनुका साथै कुस्ती खेलले शारिरीक तन्दुरुस्ती पनि बढाउने सांसद यादवको भनाई छ । नेपालमा खेल क्षेत्रको दयनीय अवस्थाबाट सुधार हुँदै गइरहेको परिवेशमा कुस्तीलाई पनि प्राथमिकता दिन आफूले पहल गर्ने प्रतिबद्धता पनि सांसद यादवले जनाएका छन् ।
सांस्कृतिको जगेर्ना गर्दै खेलकुदको प्रवद्र्धन गर्ने अभिप्रायले आयोजित कुस्ती प्रतियोगितामा भारतको बनारस, गोरखपुर, हाजिपुर लगायतका क्षेत्रका दुई दर्जन भन्दा बढी कुस्ति खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष महाविर यादवले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times