वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत मंगलबार भएका दुईवटा खेलमा सत्यम र नेशनल कलेज विजयी भएका छन् । मंगलबार भएको पहिलो खेलमा सत्यम कलेज विजयी भएको हो । सत्यमले नेशनल एकाडेमी कलेजलाई एक सय ५ रनले पराजित गरेको हो । टस जितेर ब्याटीङ रोजेको सत्यम कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई एक सय ७२ रन बनाएको थियो । सत्यमका लागि सलमान आलमले ४१ रन र इमरान अन्सारीले २२ रन बनाएका थिए । सलमानले २५ बलमा ७ वटा चौका र एउटा छक्का प्रहार गरि ४७ रन बनाए । नेशनलका दिपुले तीन विकेट लिन सफल भएका थिए ।
एक सय ७३ रनको लक्ष्य लिई मैदानमा आएका नेशनलका ब्याट्सम्यानहरु १४.५ ओभरमै अलआउट भई ६७ रन मात्र बनाउन सकेका थिए । नेशनलका रन्जन यादवले २२ रन बनाए । सत्यमका अभय यादवले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए । अर्का बलर आसिम अन्सारीले ३ विकेट चट्काए । ४ विकेट लिन सफल भएका अभय यादव म्यान अफ दिन म्याच घोषित भएका थिए ।
यसैगरि मंगलबार भएको दोस्रो खेलमा नेशनल कलेजले ज्ञानडा कलेजलाई ९ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटीङ रोजेको ज्ञानडाको टोली निर्धारित २० ओभर अगावै अलआउट भएको थियो । १८.३ ओभरमा अलआउट भएको ज्ञानडाले ९९ रन जोड्न सफल भएको थियो । नेशनल कलेजका बाबुजान आलमले सर्वाधिक ३ विकेट लिएका थिए । समिर अन्सारीको ४० रनको सानदार पारिको सहयोगले ७.१ ओभरमै १०० रनको लक्ष्य हासिल गरेको थियो । ३ विकेट लिए वापत बाबुजान आलम म्यान अफ दि म्याच घोषित भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times