वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत शुक्रबार भएका दुई वटा खेलमा नेशनल इन्फोटेक कलेज र वीरगन्ज कलेज विजयी भएको छन । शुक्रबार भएको पहिलो खेलमा नेशनल इन्फोटेक कलेजले ग्लोबल बिजनेश कलेजलाई ५ विकेटले पराजित गरेको हो । खेलमा नेशनल इन्फोटेक कलेजले टस जितेर ग्लोबल बिजनेश कलेजलाई ब्याटीङ गर्न निम्तो दिएको थियो । पहिलो ब्याटीङ गरेको ग्लोबल बिजनेश कलेजले १८.५ ओभरमा अलआउट हुदै १ सय ७ रन बनाएको थियो । ग्लोबल बिजनेशका सोनु शर्माले सर्वाधिक ३८ रन बनाए । ५ चौका र एक वटा छक्का प्रहार गरेका शर्माले ३० बल खेलेका थिए । यस्तै ग्लोबल बिजनेशका शेख ईमरानले १७ रन रन जोडेका थिए । नेशनल इन्फोटेक कलेजका अभय ठाकुरले ३ विकेट लिएका थिए । भने सेराजुल आलम र सोनु कुशवाहाले २/२ विकेट लिएका थिए । १ सय ८ रनको लक्ष्य पाएको नेशनल इन्फोटेक कलेजले १९.४ खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । नेशनलका सर्फराज अलि मन्सुरीले सर्वाधिक ६२ रन र सेराजु आलमले २८ रन बनाएका थिए । ग्लोबल बिजनेशका बिकाश गुप्ता र रोहन यादवले ४/ ४ विकेट लिएका थिए । नेशनलका सर्फराज अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भएका थिए । शुक्रबार भएको दोस्रो खेलमा वीरगन्ज कलेजले इम्पेरियल कलेजलाई तीन विकेटले पराजित गरेको थियो । इम्पेरियल कलेजले टस जितेर पहिले ब्याटीङ गर्दै १७.४ ओभरमा अलआउट हुदै एक सय १४ रन बनाएको थियो । इम्पेरियलका सुरज गुप्ताले सर्वाधिक २५ रनको पारि खेलेका थिए । वीरगन्ज कलेलका निरज गुप्ताले ४ र अभय यादवले २ विकेट लिएका थिए । वीरगन्ज कलेजले १७.५ ओभरमै ७ विकेटको क्षतिमा १ सय १७ रनको लक्ष्य हासिल गरेको थियो । वीरगन्ज कलेजका जेशान हवारीले २५ र दिलिप यादवले २० रन बनाए । इम्पेरियलका अरुण पटेलले ३ विकेट लिन सफल भएका थिए । खेलमा ४ विकेट लिएका वीरगन्ज कलेजका निरज गुप्ता म्यान अफ दि म्याच घोषित भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times