वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत मंगलबार भएका दुईवटा खेलमा ग्लोबल कलेज र नेशनल इन्फफोटेक कलेज विजयी भएका छन् । पहिलो खेलमा ग्लोबल क्लेजले वीरगन्ज कलेजलाई ९ विकेटले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटीङ गरेको वीरगन्ज कलेजले निर्धारित २० ओभर खेल्दै एक सय २७ रन बनाएको थियो । वीरगन्ज कलेजका जेशन हवारीले सर्वाधिक ५० रन बनाएका थिए । अर्को ब्याट्सम्यान रेहान गुप्ताले २३ रन बनाए । ग्लोबल कलेजका शोएब अख्तरले ३ विकेट र सोनु शर्मा/इमरान शेखले २/२ विकेट लिन सफल भएका थिए । १ सय २८ रनको लक्ष्य पाएको ग्लोबल कलेजले १२.५ ओभरमै विजयी हासिल गरेको थियो । एक विकेटको क्षतिमा ग्लोबल कलेजले जित हासिल गरेको थियो । ग्लोबलका इमरान शेखले सानदार ८७ रनको पारि खेलेका थिए । अर्का ब्याट्सम्यान रन्जन साहले ३१ रन बनाएका थिए । अलराउन्ड प्रदर्शन गरेका इमरान शेख म्यान अफ दि म्याच घोषित भएका थिए ।
मंगलबार भएको दोस्रो खेलमा नेशनल इन्फोटेक कलेजले बीपीसी कलेजलाई ८ विकेटले पराजित गरेको थियो । नेशनल इन्फोटेक कलेजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । बीपीसी कलेजका ब्याट्सम्यानहरु १७.१ ओभरमा अलआउट भई ८५ रन मात्र बनाउन सफल भएका थिए । बीपीसीका राम यादवले सर्वाधिक २० रन र मुन्ना मन्सुरले १८ रन बनाएका थिए । इन्फोटेकका सोनु कुशवाहाले ३ विकेट र सेराजुल आलमले २ विकेट लिएका थिए । ८६ रनको लक्ष्य इन्फोटेकका ब्याट्सम्यानले ११.२ ओभरमै हासिल गरेका थिए । इन्फोटेकका परवेश कुशवाहाले सर्वाधिक ३३ रन र अमिर अन्सारीले २७ रनको पारि खेलेका थिए । इन्फोटेकका सोनु कुशवाहा म्यान अफ दि म्याच घोषित भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times