वीरगन्ज– नेशनल इन्फोटेक कलेज टुर्नामेन्ट २०७८ को उपाधिका लागि नेशनल इन्फोटेक कलेज र सत्यम कलेज भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा नेशनल इन्फोटेक कलेजले नेशनल कलेजलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसअघि बिहीबार विहान भएको पहिलो सेमिफाइनल खेलमा सत्यम कलेजले ग्लोबल कलेजलाई २१ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
दोस्रो सेमिफाइनल खेलमा नेशनल इन्फोटेकले टस जितेर पहिले नेशनल कलेजलाई ब्याटिङको निम्तो दिएको थियो । नेशनलका ब्याट्सम्यानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २२ रन बनाउन सफल भएका थिए । नेशनलका समिर अन्सारीले ५२ बलामा सानदार ४१ रनको पारि खेलेका थिए । बाबुजान आलमले २३ रन बनाए । इन्फोटेकका अभय ठाकुर/नाकिब अन्सारी/अबुबकारले एक/एक विकेट लिएका थिए । एक सय २३ रनको लक्ष्य इन्फोटेकका ब्याट्सम्यानहरुले १८ ओभरमै ३ विकेट गुमाएर हासिल गरेका थिए । इन्फोटेकका परवेश कुशवाहाले ३५ रन, सरफराज अलि मन्सुरीले ३१ रन, अमिर अन्सारीले १७ रन बनाएका थिए । ३२ बलमा ३५ रन बनाउन सफल भएका इन्फोटेकका परवेश कुशवाहा म्यान अफ दि म्याच घोषित भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times