बिरगंज २ कार्तिक । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमाले र जसपाको संयुक्त भेला सम्पन भएको छ । मंगलवार जानकीटोलामा सम्पन क्षेत्रस्तरिय भेलामा बोल्दै बक्ताहरुले एमालेप्रतिको जनलहर प्रष्ट देखिएको र प्रतिनिधी सभामा जालिमको जित निस्चीत हुने बताउनु भयो । कार्यक्रममा बोल्दै एमाले उम्मेदवार जालिम मियांले नेपाली कांग्रेस संग क्षेत्रमा जितन सकने नेताको अभाव भएकोले आफ्नो जित सुनिश्चित रहेको बताउनु भयो । वितेको तिन निर्वचानमा लगातार पराजीत भएका रमेश रिजाललाई जनताको सहयोगमा चौथो पटक पनि हराउने दाबी गरे । चुनाव हार्दै आएपनि रिजालले कांग्रेस सरकार भएका बेला जनतालाई अनावश्यक झमेलामा पार्ने गरेको जालिम मियांको आरोप थियो । समान्य विवादमा पनि सरकारको धाकमा गाउ गाउंमा मुद्दा मामिला गराउने बाहेक क्षेत्रमा उनले गरेको विकाशको कुनै उदाहरण प्रस्तुत गर्न सक्ने स्थिती नरहेको जालिम मियांले बताए । कांग्रेसको शोषण र अत्याचारले त्रस्त जनता प्रतिनिधी तथा प्रदेश सभामा एमाले उम्मेदवारलाई जिताउन आतुर रहेको एमाले पर्साका अध्यक्ष एवं क्षेत्र ४ को क बाट विधायक उम्मेदवार जयप्रकाश थारुले बताए । कार्यक्रममा एमाले तथा जसपाका हजारौ कार्यकर्ताको सहागिता रहेको थियो । मन्च बाट नेताहरु गठबन्धनलाई एकताबद्ध बनाई आफनो उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय