बिरगंज २ कार्तिक ।
पर्साको क्षेत्र नम्बर ४ (ख) का मतदाताले ,अवसरवादी, ठेकेदारी र भ्रष्टचारीको विकल्प खोज्दै मतदान गर्ने भएका छन । ५ वर्ष अगाडीको चुनावमा ठेकेदारबाट अचानक नेता भएका सिंहासन साह कलवार चुनाव जितेपछि क्षेत्रमा जनता संग कुनै सरोकार नगरेको कारण जनतामा निरासा छ ।
विधायक भएपनि उनको मुख्य उदेश्य ठेकेदारी नै भएकोले क्षेत्रमा जनता संग वास्ता गरिएन अहिले फेरी चुनावमा आएका छन ,उनी धन बलको प्रयोगले जितने दाउमा रहेपनि मतदाता भने उनको विकल्प खोज्दै छन । उनले आफ्नो कार्यकालमा प्रदेश सरकारको बजेट संचालन गर्न आफ्नो निर्माण कम्पनी र आफु संग नजिक भएका केहि एजेण्ट पाल्न बाहेक आम जनताको वास्ता गरेन्न । राजनिती बाट कुनै सरोकार नभएका ठेकेदार सिंहासन कलवार ५ वर्ष अगाडी रकमी चलखेल गरि टिकट लिन सफल भए त्यती बेला एमालेलाई हत्यारा बताउदै तत्कालीन मधेश आन्दोलनको जगमा चुनाव जिते ।
त्यती बेला मधेश आन्दोलनमा गोली लागेका मधेशी युवाहरुको फोटो , बैनर टासियो तर अहिले एमाले नेताहरु संग कै पोष्टरमा झुण्डीएका छन । सबै कुरा जनताले प्रष्ट बुझीसकेको छन । एमालेलाई हत्यारा बताउनेहरुलाई अहिले एमाले कै साहारा आवश्यक परेको छ , यी यस्ता यावत आरोपहरु क्षेत्रका आम जनताको छ ।
अहिले ४ को ख विधायक क्षेत्रमा जनताले यस्को विकल्प खोज्दै पुरानो कम्युनिष्ट पृष्ठभुमीका नेता प्रहलाद गुप्ताको पक्षमा एकजुट हुदै छन । मधेशी युवाको शहादतलाई अवसर , विधायकको बजेट र प्रदेशको योजनाको ठेका पट्टा गरि करोडो भ्रष्टाचार गरेका कलवारलाई जनताको सहयोग मै स्वतन्त्र उम्मेदवारको रुपमा प्रहलाद गुप्ताले चुनौती दिएका छन । प्रहलाद गुप्ता पाकु नेता भएका कारण जसपा उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन । स्वतन्त्र भएपनि गुप्ताको लालटेन चिन्हको मत माग्दै घरदैलो कार्यक्रममा उल्लेखनिय जनसहभागिता देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय