बीरगन्ज – पर्साको निर्वाचन क्षेत्र नं. १ को ख बाट प्रदेश सभा सदस्यका उम्मेदार रहेको ओमप्रकाश सर्राफले आइतवार बीरगन्ज महानगरपालिकाको वडा नं. १६ घुसकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

भोट माग्न जनताको घरदैलोमा पुगेका युवा नेता सर्राफलाई स्थानियहरुले भव्य स्वागत गरेका छन् । भोट माग्ने क्रममा नेता सर्राफले स्थानियहरुलाई आफु कुनै गठबन्धनबाट चुनाव नलडेको भएपछि मेरो गठबन्धन जनतासँग रहेको बताए ।

जनताको लागि राजनितिकमा आएको तथा जनतासँग नै मेरो गठबन्धन रहेको कारण भोट दिन नेता सर्राफले घुसुकपुरवासीलाई आग्रह गरे । सर्राफले आफु लौरो उम्मेदवार रहेको सबै जनतालाई भन्दै आउनु भएको छ । घरदैलो कार्यक्रममा संजय पटेल,राज सोनी,अरसद शेख, ई गंजेन्द्र दास,मनोज साह, रेखा सोनी,सहनवाज,नीतेश कुमार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय