वीरगंज – हाम्रो नेपाली पार्टीको पर्सा क्षेत्र नम्बर १ बाट मधेश प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार रहनुभएकी गुड्डी जोशी आसन्न निर्वाचनलाई लक्षित गरेर निरन्तर मतदातासँगको भेटघाटमा व्यस्त देखिरहनु भएको छ ।

एका बिहानै देखि साँझ अबेर सम्म पर्साको क्षेत्र नम्बर १ का मतदाताको घर आँगनमा पुगेर हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोमा मतदान गरी भारी बहुमतले जिताउन आग्रह गरिरहनुभएको छ ।
वरिष्ठ सौन्दर्यकर्मीको रूपमा लामो समय देखि सक्रिय भई सामाजिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रहेकी जोशीलाई प्रदेश सभा सदस्यमा निर्वाचित गराउन जनताले पुर्ण रूपमा साथ दिने चर्चा चलिरहेको छ ।

पर्साको क्षेत्र नम्बर १ को टोल टोलमा पुगेर प्रदेश सभा सदस्यकी समानुपातिक उम्मेदवार जोशीले जनताको मनोभावना र जनतालाई चाहिएको विकासका कुराहरुको बारेमा जानकारी लिने कार्य गरिरहनुभएको छ ।

उहाँले आफु यो क्षेत्रमा विकास निर्माणको काम गर्ने अठोटले नै प्रदेश सभा सदस्यको उम्मेदवार भएर अगाडी बढेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय