राम कुशवाहा
वीरगंज २४ कार्तिक ।
प्रहरीले वीरगंज महानगरपालिका वडा नं १६ रजतजयन्ती चौकबाट प्रतिबन्धित लागु औषध सहित श्रीमान श्रीमतीलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाले प्रतिबन्धित लागु औषध नाईट्राभेट सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी इनर्वाको नियमित चेकिड्डको क्रममा रक्सौलबाट वीरगंज तर्फ पैदल आईरहेको दुईजनामाथी शंका लागी निजहरुले बोकेको झोला खोली चेकजाच“ गर्दा झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २३९८ पिस फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला ललितपुर महानगरपालिका वडा नं १४ बस्ने रमेश चित्रकार र निजको श्रीमती मिना कुमारी घले रहेको पर्सा प्रहरीका प्रवत्ता प्रहरी नायव निरिक्षक दिपक गिरिले बताउनु भयो ।
पक्राउ परेका दुवैजना माथी लागु औषध मुद्धामा आवश्यक कार्यवाही अगाडी बढाईएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय