वीरगंज ।
लौरो चुनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफको चुनावी सभामा उत्साह जनक सहभागिता देखिएको छ ।। वीरगंज महानगरपालिका वडा नं. १५ लक्षमणवामा बिहीबार राती आयोजित रात्रिकालिन चुनावी सभामा लौरो उम्मेदवार सर्राफको सथर्मनमा युवा तथा ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता देखिएको हो । लौरो उम्मेदवारप्रति युवाहरुको साथ र ज्येष्ठ नागरिकको आर्शिवाद तथा चुनावी सभामा देखिने उत्साहजनक जनसहभागिताले यस क्षेत्रमा बदलावको पक्ष बलियो देखिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रूपमा चुनौति दिदै आएका उम्मेदवार सर्राफले रात्रिकालिन चुनावी सभालाई सम्बोधन गर्दै मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका राउतले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै लौरो छापमा भोट दिन आग्रह गरेका थिए ।
मधेशको हरेक धर्म संस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेश मार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहदै आएका लौरो उम्मेदवार सर्राफले वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासँग अपिल गरेका थिए ।
चुनावी सभामा समाजिक अभियनताद्वय प्रकाश थारु, मदन गुप्ता लगायत ५ सयभन्दा बढि स्थानीयको जनसहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय