राम कुशवाहा
वीरगंज २१ मंसिर ।
वीरगंज महानगरपालिकाको छपकैयानाका बाट अहिले पूरुष र महिला भरियाहरुलाइ प्रयोग गरेर कपडाको व्यापक तस्करी सुरु भएको छ । छपकैयाको लच्का र छठियाघाटबाट तस्करहरुले स्थानिय युनिटका ईनचार्ज सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई महिनावारी बुझाएर ठुलोमात्रामा कपडाको लाईन खोलिएको हो ।
छपकैया नाकाबाट बेलुका देखी रातीको समयमा तस्करहरुको लावा लस्कर लाग्ने गरेको स्थानियहरुले जानकारी दिएका छन । तस्करहरुले सिमार्वी शहर रक्सौलबाट सर्टिड्ड शुटिड्डको कपडा, थानको कपडाको तस्करी गरी रातीको समयमा सिमामा खटेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी छपकैया नाका हुदै वीरगंजका ट्रान्सपोर्टहरुमा दिने गरेका छन ।
छपकैया नाकाबाट भारतिय कपडा, सर्टिड्ड शुटिड्डको कपडा, थानको कपडाको तस्करी गर्ने रुवी र चोकट ग्रुपको दैनिक दश जना लेवर भरियाहरुलाई प्रयोग गरेर २० देखी २५ पोका कपडा छपकैया नाकाबाट प्रहरी प्रशासनकै सहयोगमा वीरगंज तर्फ ल्याउने गरेका छन ।
कपडाकै तस्करी गर्ने अर्को ग्रुप चन्द्रिका र सोभाको छपकैयाकै छठियाघाटबाट दैनिक ५ देखी १० पोका गेठिया कपडा तस्करी गरीरहेका छन । त्यसैगरी ईस्लाम र ललिताको ग्रुपले ५ देखी १० पोका गेठिया कपडाको तस्करीगरी रहेकाछन ।
त्यसैगरी चन्दा र मास्टरको ग्रुपले दैनिक ५ देखी १० पोका थानको कपडा तस्करी गरी छपकैया नाका हुदै वीरगंज बजार सम्म लयाउने गरेका छन । त्यसैगरी शिला र रामाकान्तको ग्रूपले १५ देखी २० पोका थान कै कपडा सो नाका हुदै तस्करी गरी लयाउने गरेका छन ।
त्यसैगरी मम्मु र बेच्चुको ग्रुपले १५ देखी २० पोका कपडा भरिया माफर्त छपकैयानाका हुदै नेपाल तर्फ वीरगंज बजारमा रहेको ट्रान्सर्पोटमा लयाएर दिने गरेका छन । त्यसैगरी छपकैया नाकाबाट दिनेश र गम्भिरा भन्ने व्यापरीले, भारतिय काजु, किसमिस, मोनाकाको ठुलोमात्रामा तस्करी गर्दे आईरहेका छन ।
छपकैया नाकाबाट कपडा, हार्डवेयर, ईलेक्ट्रोनिक्स पार्टपुर्जा र खाद्यान्यको तस्करी गर्ने एक दर्जन भन्दा बढि तस्करहरुले छपकैया चौकीका ईन्चार्ज असोक बस्नेतलाई छपकैया चौकीमै कार्यरत घुमुवा हवल्दार मोहन यादव मार्फत लाखौको महिनावारी बुझाईरहेका छन । त्यसैगरी तस्करहरुले सशस्त्र प्रहरी सिर्सिया बेस क्याम्पका सशस्त्र प्रहरी निरिक्षक तिर्थराज न्यौपानेलाई सिर्सिया बिओपीमै कार्यरत रहेका घुमुवा हेमचन्द्र यादव मार्फत लाखौको महिनावारी बुझाईरहेका छन ।
सशस्त्र प्रहरीलाई सिमाको रक्षाको लागी खटाईएपनि बोर्डरनाकामा सशस्त्र प्रहरी आर्थिक लेनदेनमा मुक्षिदै आएका छन । सशस्त्र प्रहरीको संलग्नताले तस्करी धन्दा दिन प्रतिदिन बढदै गएको छ । सशस्त्र प्रहरीले चाहेमा तस्करी बन्द हुन सक्छ तर सशस्त्र प्रहरी पैसामा बिके पछि तस्करहरुको बनोबल बढदै गएको छ र तस्करीले बोर्डरनाका गनहाउन थालेको स्थानियहरुको भनाई रहेको । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय