बीरगंज २२ मंसिर ।
मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आज साँझ रेडियो वीरगंज परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रम भव्य रुपमा सफल पार्न रेडियोका श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायत सरोकारवाला निकायलाई हार्दिक आग्रह गर्नुभयो ।
समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले २० औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियोका श्रोता, शुभचिन्तकहरुलाई आह्वान गर्नुभयो ।
बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताउनुभयो । आम श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्यकारी अध्यक्ष साहले रेडियो बीरगंजसँगै संचारको क्षेत्रमा टिभी बीरगंज, रेडियो पोखरीया र मधेश प्रदेशकै प्रतिनिधित्व गर्दै मधेशदृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी दिदै रेडियो बीरगंजबाट शुरु भएको यात्रा अविराम रुपमा अहिले मधेशदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको दावी गर्नु भयो ।
समाज रुपान्तरण र समाजीक क्षेत्रमा समेत रेडियो बीरगंजले खेल्दै आएको उल्लेख्य योगदान सबैका विच सर्वविदितै रहेको र यस पटक सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बाहेक पूर्व सहकर्मी एवं सहयोगी पत्रकार नरेश सर्राफ र मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं सप्तरीका नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधनका कारण वृहत्त सांस्कृतिक कार्यक्रम गर्ने रेडियो बीरगंजको योजना यस बर्षका लागि स्थगित भएको साहले बताउनु भयो ।
पत्रकार सम्मेलनको सहजिकरण रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय