वीरगन्ज , १ पुस ।
वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत झण्डै ४ सय कर्मचारीहरुलाई जागिरबाट हटाएको छ । बीरगंज महानगरपालिकाले आज एक सुचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा बीरगंज महानगरपालिकाको मंसिर २६ गते सम्पन्न कार्य पालिकाको वैठकले गरेको निर्णय अनुसार महानगरपालिकाको कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएको व्यवहोरा उल्लेख गरिएको छ । सूचनामा वारुणयन्त्र शाखा र नगर प्रहरी तर्फका दैनिक ज्यालादारीहरुलाई भने नहटाईएको जनाईएको छ । गत स्थानिय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा झण्डै ४ सय ५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय