वीरगन्ज,१ पौष /

नेपाल पत्रकार महासंघ पर्सा शाखाको २५ औ साधारण सभा भव्यताका साथ आज सम्पन्न भएको छ । शाखाकै सभाहलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख अतिथ्यतामा २५ औ साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौहानले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुतौतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत ,समाजवादी प्रेस संगठनका राघव साह , प्रेस सेन्टरका केन्द्रि सदस्य निरज पिठाकोटे मगर लगायतले सम्बोधन गरेका थिए ।

महासंघका उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण महासंघका सचिव भुषण यादवले गरेका थिए ।

यसैबिच आजै सम्पन्न बन्द सत्रमा सचिव भुषण यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजिव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन वृहत छलफल पछि सर्वसहमतिले पारित भएको सचिव यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय