बीरगंज ९ पुस ।
वीरगंज स्थित जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सांसद प्रभु हजराले सहकारीकर्मीहरुले विपन्नवर्गको जिवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । सो क्रममा बुद्धिजीवी प्रदेशका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, केन्द्रिय सदस्य रुदल ठाकुर, पर्सा अध्यक्ष सन्तोष साहलाई सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष ममता गुप्ताको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला वचत संघ पर्साका अध्यक्ष राजेश पडित, महासचिव जिष्नु बराल, वीरगंज महानगरपालिकाका वडा नम्बर ८ का पूर्व अध्यक्ष एवं समाजसेवी मदन गुप्ता, विभिन्न सहकारीका प्रतिनिधि लगायतकाले संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक रामबाबु चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै संस्था निरन्तर प्रगति उन्मुख रहेको बताउनु भयो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता ऋणीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय