वीरगञ्ज १८ पुस ।
वीरगञ्जको माइस्थान मन्दिर अगाडी सवारी पार्किङ गर्ने कर्मचारीलाई महानगरपालिकाले कारबाही प्रकृया अघि बढाएको छ ।

वीरगञ्ज महानगरपालिकाको सवारी साधन महानगरकै कर्मचारीले विना अनुमति निषेधित क्षेत्रमा पार्किङ गरेकाले उनीहरुलाई कारबाही प्रकृया अघि बढाएको हो ।

घटनामा संलग्न भएका कर्मचारीलाई विदाको दिन कसको अनुमतिमा सरकारी गाडी संचालन गरेको र निषेधित क्षेत्रमा कसरी पुर्याइएको हो सो सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिइएको छ । 

‘महानगरको योजना शाखाका इन्जिनियर भरत बहादुर थापा, सवारी चालक रमेश गुप्ता र महानगर प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भुषाललाई तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ ।

यस्तै माइस्थान मन्दिर परिसरमा डिउटीमा रहेका नगर प्रहरीका अन्य ६ जनालाई पनि स्पष्टि करण बुझाउन आदेश दिइएको छ ।

नगर प्रहरी सहायक निरीक्षक छोटेलाल राउत र राजेन्द्य्र महरा, नगर प्रहरी जवान दिपेन्द्र प्रसाद यादव, नारायण साह कानु, अभिमन्यु यादव र बृज किशोरसँग स्पष्टिकरण माग गरिएको महानगरले जनाएको छ । 

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले तीन दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नबुझाए थप कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

महानगरपालिकाको ना १ झ १५९७ नम्वरको पिकअप भ्यान सार्वजनिक विदाको दिन सवारी निषेधित क्षेत्र माइस्थान परिसरमा पार्किङ गरिराखेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि महानगरप्रमुख राजेशमान सिंहले घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताउनुभएको थियो । 

‘महानगर प्रमुखकै सवारी साधन पनि यस क्षेत्रमा प्रवेश निषेध छ, अन्य सवारी प्रवेशको छुट हुने कुरै छैन,’ नगरप्रमुख सिंहले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय