वीरगञ्ज ।
सिर्सिया नदी प्रदुण मुक्त गर्न माग गर्दै रक्सौल नगरपरिषदका स्वच्छ सर्वेक्षण अभियन्ताले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।
सिर्सिया नदी प्रदुषणले पर्यावरण र जनजीवनमा खतरा बढाएको भन्दै प्रदुषण मुक्त गराउन कडा कदम चाल्न सुझाव सहित ज्ञापन पत्र बुझाएका हुन् ।
रक्सौल नगरपरिषदका स्वच्छ सर्वेक्षण अभियन्ता डा.स्वयंभु शलभले बुझाएको ज्ञापन पत्रमा नदी प्रदुषणले यस क्षेत्रमा भौगर्भीक रुपमै पानी दुषित हुने जोखिम देखिएको उल्लेख छ ।
बारा, पर्सामा संचालित उद्योगबाट निस्कने जहरिलो रसायानिक लेदो सोझै सिर्सिया नदीमा मिसाउने गर्दा नदी प्रदुषित भएको भन्दै त्यसलाई कडाइका साथ नियन्त्रण गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
वीरगञ्जबाट भारत प्रवेश गर्ने यो नदी भारततर्फ कुनै पनि प्रदुषित पदार्थ मिसाउने नगरीएको भए पनि नेपाल तर्फबाटै प्रदुषित भएर जाँदा भारतीयहरुले पनि सास्ति भोग्नु परेको विज्ञप्तिमा उल्लेख छ ।
यहाँबाट प्रदुषित भएर गएको पानीले गंगा नदी समेतलाई प्रदुषित गराएको भन्दै प्रदुषण गर्नेलाई कडाईका साथ कारबाही गरेर नियन्त्रण गर्नु पर्नेमा जोड दिइएको छ ।
यो नदीलाई प्रदुषण मुक्त गराउन रक्सौल नगरपरिषद वीरगञ्ज महानगरसँग हातेमालो गर्न तयार रहेको भन्दै अभियान चलाउन आग्रह गरिएको छ ।
वीरगञ्ज महानगरले यो नदी प्रदुषण मुक्त गराउन भन्दै अहिले नदी क्षेत्रमा रहेको उद्योगको अनुगमन जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय