वीरगञ्ज २७ माघ ।
वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ ।
महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ ।
भारतको काशी विश्वनाथका मुख्य पुजारी, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थको संयुक्त उपस्थितिमा महाआरती हुन लागेको हो ।
वीरगञ्जमै पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको हो ।
वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाएको छ ।
वीरगञ्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।
महानगरले माइस्थान मन्दिर क्षेत्रलाई यस अघि नै सौन्दर्यकरण गर्न सुरु गरिसकेको छ । माइस्थान क्षेत्रमा बाँकी रहेको लाइटिङ र गार्डेनिङको काम चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो । काठमाण्डौंको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरु पिपरामा रहेको पशुपती मन्दिरमा पुगेर पुजा अर्चना गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय