वीरगञ्ज २७ माघ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेर संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले तिब्रता दिएको छ ।
महानगरले शुक्रबार नियम विपरित निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको २ वटा संरचना हटाएको छ ।
वडा नम्वर १२ बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माण गरिरहेको संरचना महानगरले हटाएको हो ।
वडा नम्वर १२ मा रहेको कि.नं. १३६ मा विनोद अग्रवालले ढलान सडक नै अतिक्रमण गरेर नक्सा पास विना नै पक्कि घर निर्माण गरिरहेको पाइएपछि महानगरले डोजर लगाएर संरचना हटाएको हो ।
यस्तै महानगरले वडा नम्वर १४ लिंक रोड नजिकै निर्माण गरिएको संरचना पनि डोजर लगाएर हटाएको छ ।
नक्सा पास भए पनि त्यस विपरित वाउण्ड्रि वाल लगाएको भेटिएपछि वाल भत्काइएको हो । स्थानीय रिता देव शरण यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरित वाउण्ड्री वाल लगाएका थिए ।
यादवको नाउँमा रहेको कि.नं. ३६३ र ३६५ मा बनेको घरको वाउण्ड्री वाल मापदण्ड विपरित रहेकाले महानगरले हटाएको हो ।
मापदण्ड विपरित निर्माण गरेको संरचना हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि रिता देवी यादव र देव शरण यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्धा दायर गरे पछि हटाउन सकिएको थिएन ।
जिल्ला अदालत पर्साले वादीको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्धा खारेज गरेपछि महानगरले आज डोजर लगाएर वाउण्ड्री वाल हटाएको हो ।
मापदण्ड विपरित बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
महानगरले बिहीबार पनि वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको संरचना हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय