वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको आयोजनामा आज सुरक्षित महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पिरियड्स पोजिटिभ अभियान अन्तर्गत पर्साका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुकोलागि कार्यक्रम लक्षित गरिएको क्लबकी अध्यक्ष लायन सल्मा खातुनले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिका वडा नं. ५ को सहयोगमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पल्लवी हरलालकाले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा डा. लक्ष्मी थापा, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक मनिसा लौडारी, क्लबकी डिष्ट्रिक्ट चेयरपर्सन लायन गुड्डी जोशी, क्लबकी कोषाध्यक्ष लायन सुशिला साह, सदस्य देवन्ती साह, कविता खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय