विरगंज ११ चैत । विरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । छठको शुभ अवसरमा साथै आफ्नो घर आगन आफै सफा गरौ र आफ्नो गाउ ठाउ आफै बनाउ नारा का साथ एक हप्ता सम्म चलने विरगंज सिटि रोयल युवा क्लबले आयोजना गरेको सरसफाई कार्यक्रममा वाड कार्यालय श्रीपुरको सहयोग समेत रहेको थियो ।
वडाका विभिन्न स्थानमा सरसफाई गर्दै रानीघट स्थित रहेको छठ घाटमा सरसफाई गरी कार्यक्रम सम्पन्न गरीएको छ । सरसफाई कार्यक्रममा वडा अध्यक्ष अजय चौरसिया, पूर्व वडा अध्यक्ष प्रधुमन सेढाई, वडा सदस्य मुस्तकिम हवारी, वीरगंज सिटि रोयल युवा क्लबका अध्यक्ष सुरज महतो धानुक , उपाध्यक्ष शशिकान्त कुमार , सचिव आलोक महतो, सह–सचिव रामप्रति महतो, कोषाध्यक्ष ज्ञानेन्द्र महतो, सदस्य बालमिकि कुमार , भिम महतो, दिपु पटेल, जसपाका वडा इकाई समितिको अध्यक्ष प्रसंन महतो धानुक , समाज सेवी गौरी शंकर गिरी, स्थानीय युवा शम्भु भहतो,रामबाबु मण्डल ,सनी महतो ,श्रीराम महतो , जयकान्त महतो,अशोक कुमार , वडा प्रहरी कार्यलय श्रीपुरका के.कुशवाहा नेतृत्वको टोली लगायत महानगरपालिकाका महिला सरसफाईकर्मीहरुको सहभागीता रहेको थियो ।








