बीरगन्ज । बीरगन्ज महानगर पालिकाले आगामी आर्थिक वर्षको लागि सरोकारवाला सित पुर्व बजेट छलफल सम्पन्न गरेको छ । स्थानीय तहको योजना तर्जुमा गर्न आर्थिक वर्ष २०८०/०८१ को योजना तथा बजेट तर्जमा सम्बन्धमा पुर्व बजेट छलफलमा सरोकारवालाले शिक्षा , स्वास्थ , पुर्वाधारमा बढी प्राथमिकता दिनु पर्ने बताए । बजेट उत्पादनमुलुक र व्यवहारिक हुनुपर्ने मा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी संस्था र सहकारी संस्थाले आफ्नो श्रोतले गर्ने कार्य र कार्यक्रमको पुर्व जानकारी बैशाख २५ गते भित्र महानगर पालिकालाई गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनु भयो । प्रमुख अतिथि बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले बीरगन्जको समग्र विकास गर्न बीरगन्ज महानगर पालिका सबै गैरसरकारी संस्था , सहकारी संस्था सित हातोमालो सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख इम्तियाज आलम , वडा अध्यक्षहरु, बीरगन्ज उघोग वाणिज्य संघ, सहकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times