राम कुशवाहा
वीरगंज १२ बैशाख ।
वडा प्रहरी कार्यालय श्रीपुरले प्रतिबन्धित लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १६ बस्ने वर्ष २५ को बब्लु पाठक रहेको प्रहरीले जनाएको छ ।
विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर बाट प्रहरी निरिक्षक आशुुतोष बहादुर शाहीको कमाण्डमा खटेको प्रहरीटोलीले वीरगंज महानगरपालिकाको वडा नं १२ स्थित हरियाली रेष्टुरेन्ट नजिक वाईपास सडक खण्डमा पाठकले चलाई ल्याएको अवस्थामा ना १ ज २०३७ नं को टाटासुमो गाडी रोकी चेकजा“चगर्दा उक्त गाडीको ईन्जिन माथीको बर्नटको दुबैपट्टीको भागमा कालो पलाष्टिकमा १४ ओटा पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध फेनरागन १४ सय एम्पुल, डाईजेल्याब १४ सय एम्पुल, र नुरफिन १४ सय एम्पुल गरी जम्मा ४२ सय एम्पुल फेला परेपछि गाडी र चालक सहित नियन्त्रणमा लिएकोे पर्सा प्रहरीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गीरीले जानकारी दिनुभयो । पक्राउ परेका पाठकलाई लागु औषध सम्बन्धि कसुरमा मुद्धा प्रक्रिया अगाडी बढाईएको पर्सा प्रहरीका प्रवक्ता गीरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय