वीरगन्ज ,८ असार ।
बाराको परवानीपुर गाउँपालिकाले प्रस्तुत गर्न लागेको १२ औं निति तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा विवाद भएको छ ।
परवानीपुरको कृषि अनुसन्धान कार्यालय कार्यक्रम चलिरहेकै बेला एमाले र काङ्ग्रेसका जनप्रतिनिधि बीच कुटाकुट भएको हो ।
गाउँ सभामा सहभागी एक वडा अध्यक्षका अनुसार वडा नम्बर २ का वडा अध्यक्ष नुरुलहोदा अन्सारी सहितका केही ब्यक्ति वडा नम्बर १ का सदस्यहरु माथि कुटपिट गरेका हुन् ।
वडा अध्यक्षका ब्यक्तिले कुटपिट गरेपछी वडा सदस्य दिपक कुमार मण्डल र चिन्ता देवी राम घाइते भएका छन ।
स्रोतका अनुसार वडा सदस्य रामको हातमा चोटपटक लागेको छ ।
एमालेका निर्वाचित जनप्रतिनिधिले गुण्डागर्दी गरेर बजेट पास गराउन लागेको कुटिएका सदस्यहरुले आरोप लगाएका छन ।
गाउँपालिका अध्यक्ष रामक्षत्री कुर्मी र उपाध्यक्ष सुगान्धी देवीले गाउँ सभामा आफ्नो निकट ब्यक्तीलाइ मात्र सहभागी गराउदै आएको वडा अध्यक्ष रामेश्वर कलवारले बताए ।
अहिले एमालेका १४ जना प्रतिनिधिले मात्र बजेट पास गराउन हस्ताक्षर गरेका छन ।
उनीहरू बाहेकका अधिकान्स वडा अध्यक्ष र सदस्यहरु अहिले हस्ताक्षर गरेका छैनन् ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य ज्वाला साह प्रमुख अतिथिको रूपमा सहभागी थिइन् ।
भने प्रदेश सभा सदस्य देवनारायण चौधरी विशिष्ट अतिथिको रूपमा सहभागी थिए ।
उनीहरू कै अगाडि जनप्रतिनिधि बीच कुटपिट भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय