वीरगंज ४ भाद्र ।
पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताले दुधेश्वरनाथ (भाथा) मन्दिरको बिकाशको लागि एक करोड बजेट बिनयोजन गर्ने घोषणा गर्नुभएको छ । संखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनमा आज नाँग पञ्चिमीको अवसरमा आयोजित कुस्ती प्रतियोगितालाई सम्बोधन गर्दै सांसद गुप्ताले सो घोषणा गर्नुभएको हो । विशिष्ट अतिथी रहेका गुप्ताले मन्दिर प्रागंनमा बिद्युतको लागि ट्रान्सफर्मर जडान र कालोपत्रे सडकको लागि संसदिय कोषबाट एक करोड बजेट बिनयोजन गर्ने घोषणा गर्नुभयो ।उहाँले भाथा मन्दिरलाई बाह्रै महिना खुल्ला गर्न प्रमुख आतिथीको रुपमा मञ्चमा आसिन वनमन्त्री बिरेन्द्र महतोलाई अनुरोध समेत गरेका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले भाथा मन्दिरलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गरे यस क्षेत्रको बिकाशमा टेवा पुग्ने बताएका थिए । पर्सा क्षेत्रको धरोहरको रुपमा रहेको भाथा मन्दिरको बिकाशको लागि आफु सदैव तत्पर रहेको बताएका थिए । यसैगरी प्रमुख अतिथी बनमन्त्री महतोले मन्दिरलाई बाह्रै महिना खुल्ला गर्न सचिव स्तरीय बैठक गरेर चाँडै निर्णय गरिने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, जसपाका नेता रामनरेश यादव,सुरेन्द्र कुर्मी, प्रदिप जयसवाल, एमाले नेता मन्जुर अंसारी लगायतको उपस्थिती थियो । कुस्ती प्रतियोगिता पारसनाथ युवा समाजको आयोजना र कानु समाजको सहयोगमा सम्पन्न भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times