राम कुशवाहा
बिरगंज २८ माघ ।
भारतमा लहसुनको दाम आकाश छोएपछी तस्करहरुले नेपाल बाट चाइनिज लहसुनको तस्करी तर्फ केन्द्रित भएका छ्न । तस्करहरुले बिरगंज बजारबाट चाइनिज लह्सुन खरिद गरेर अटो रिक्सामा लोड्गरी मुख्य भन्सार हुँदै सशस्त्र प्रहरीकै अगाडीबाट भारतिय सहर रक्सौल तर्फ ओसारपसार गरिरहेका छ्न । तस्करहरुले अटो भित्र फिटिङ् गरि एउटा अटोमा ५ बोरा भन्दा बढी चाइनिज लह्सुन भन्सार छेत्रमा खटेको प्रहरीलाई सय दुई सय दिएर बिहान देखि बेलुका राती सम्म दर्जनौं पटक अटो मार्फत तस्करी गरिरहेका छ्न । रोहित र मिरा भन्ने तस्करहरुले सिमामा खटेका सशस्त्र र नेपाल पुलिसलाई आर्थिक प्रभावमा पारी तस्करी गरिरहेका छ्न । त्यसै गरि भारतमा मदिरा बेच बिखनमा प्रतिबन्ध लागेपछी तस्करहरुले बिरगंज भन्सार एरियाबाट नेपाली मदिरा भारत तर्फ तस्करी गरिरहेका छ्न । सशस्त्र प्रहरी बिरगंज भन्सारमा खटेको सशस्त्र प्रहरीकै अगाडि बाट नेपाली मदिरा ५ कार्टुन मोटरसाइकलमा लोडगरी भारततर्फ लगिरहेको दृश्य यस अनलाइनले फेला पारेको छ । सिमानाकामा खटेका प्रहरीले तस्करहरु सङ साठगाठ गरि तस्करीलाई बढावा दिएकाछ्न । बिरगंज भन्सार हुँदै अहिले तस्करी व्यापक बढेको छ । चाइनिज लहसुन तस्करी तर्फ प्रदेश प्रहरी कार्यालयले पनि चासो देखाएको छ । प्रदेश प्रहरीले मुख्य भन्सार हुँदै चाइनिज लहसुनको तस्करी रोक्न स्थानीय युनिटहरुलाइ निर्देशन दिएपनी बोर्डर नाकामा खटेका प्रहरीले माथिको आदेशलाई धोति लगाइदिएका छ्न । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times