पर्साको गण्डक बिटमा ट्राफिक प्रहरीको अवैध असुली

पढ्न छुटाउनुभयो ?

spot_img

बिरगंज २१ बैशाख ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ट्राफिक प्रहरी बिट गन्डकमा खटेका ट्राफिकहरुले विभिन्न सवारी साधनहरुबाट अवैध रूपमा रकम असुली गरिरहेका छ्न । आइसिपिबाट छुटेको भारतीय मालवाहक ट्रकहरुबाट ओभरलोडको नाममा ट्राफिक प्रहरीहरुले सय दुई सयका दरले रकम अवैध रुपले असुली रहेको एक भारतीय ट्रकका ड्राइभरले नाम नछापने सर्तमा यस अनलाइन लाई जानकारी दिए । गन्डक चौकमा खटेका ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादव, ट्राफिक प्रहरी हवल्दार बिजय चौधरी लगायतका ट्राफिक प्रहरीले पैसाको लागि सो छेत्रमा आर्थिक तान्डव मचाएका छ्न । बिरगंजबाट परवानीपुर, जितपुर, सिमरा, पथलैया औधोगिक करिडोरमा उधोगको लागि कच्चा पदार्थ raw मेटेरियल बोकेका सवारी साधनबाट विभिन्न कारण देखाएर जबर्जस्ती रकम असुली गरिरहेको एक उधोगीले जनाएका छ्न, र रकम नदिने सवारी साधनलाइ घण्टो कुर्न लगाएर चिट काटने गरेक छ्न । त्यसै गरि जितपुर सिमरा औधोगिक करिडोरबाट बिरगंज तर्फ आउने छड, सिमेन्ट बोकेको ट्रक ट्रयाक्टरबाट समेत गण्डकमा खटेका ट्राफिक प्रहरीहरुले महिनावारी फिक्स गरेर रकम उठाउदै आएका छ्न । यस अनलाइनले गण्डक चौकमा खटेका ट्राफिक प्रहरीले सिमेन्ट बोकेको ट्र्याक्टरबाट रकम लिइरहेको भिडियो समेत फेला पारेको छ । गण्डक चौकमा खटेका ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादबले प्रदेश प्रहरी ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपीको लागि समेत रकम उठाउदै आएको जानकारी प्राप्त भएको छ ।
त्यसै गरि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एसपी कुमोद ढुङेलले एक हप्ता पहिला परवानीपुर चौकमा खटेका ट्राफिक प्रहरीको पुरै सेट नै चेन्ज गर्न लगाएका थिए । ट्राफिक प्रहरीको परवानीपुरमा अवैध रुपमा आर्थिक गतिविधि बढेको गुनासो आएकोले पर्साका एसपी ढुङेलको छ्डके निरीक्षणको क्रममा ट्राफिकले रकम असुलेको भेटिएको स्रोतले जनाएको छ । पर्सा बारामा ट्राफिक प्रहरीले चेकजाँचको नाममा सर्बसाधारणलाइ दुख दिने अवैध रुपमा रकम असुलने कार्य बढदै गएको प्रती सम्बन्धित निकायको ध्यान जाओस ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने : मौसमविद

बिरगंज २ जेठ । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img