वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय पर्सा , तथा नेशनल मेडिकल कलेजको समन्वय र सहकार्यमा औलो रोग बारे सी.एम.इ ( Continuing medical education ) कार्यक्रम सम्पन्न भएको हो ।

नेशनल मेडिकल कलेजमा औलो रोग निदान तथा उपचार कार्यमा संग्लन स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय औलो रोग निवारण एवं राष्ट्रिय औलो रोग उपचार पद्दती ( NMTP 2019) बारे जानकारी प्रदान गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले बताए ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले कार्यक्रम बारे प्रकाश पारेका थिए ,भने वरिष्ठ फिजिसियन डा. उदय नारायण सिंहले प्रशिक्षण गराएका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेशनल मेडिकल कलेजकी होस्पिटल डाइरेक्टर डा. इसरत जाहा अन्सारीले औलो रोग निवारण बारे आफू र संस्था पहिला देखि नै लागि परेको बताइन् ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रो. डा. के. एन सिंह , प्रो . डा. ए के कोशी , बाल रोग विषेशज्ञ आन्नद कुमार झा लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय