वीरगन्ज ७ जेठ ।

पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन । आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक विद्यालयमा भएको बेथीति र भ्रष्टचारको समाचार संकलन गर्न पुगेका संचारकर्मी सुरेन्द्र प्रसाद यादवलाई शिक्षक चौरसीया र यादवले आक्रमण गरेको भिडियो समाजिक संजालमा भाईरल हुन पुगेको छ ।
शिक्षण पेसामा आवद्ध व्यक्तिहरुबाट संचारकर्मीलाई समाचार संकलनमा अवरोध पुरर्याइ आक्रमण गर्ने घटना प्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक महत्वको बिषयबस्तुमा भएको बेथिति र अनियमिततालाई प्रकाशमा ल्याउन संचारकर्मीलाई कुनैपनि बहानामा निषेध र आक्रमण गर्ने कार्य निन्दनीय रहेको ठहर गर्दै महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बिज्ञप्ती मार्फत दोषि शिक्षक शिक्षिकालाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित पक्ष समक्ष माग गर्नुभएको छ ।
शिक्षण पेसामा लागेका चौरसीया र यादव यस अगाडी पनि विभिन्न विवादमा मुछिएको व्यक्ति हुन । उनीहरुलाई वीरगन्ज महानगरको शैक्षिक प्रशासन महाशाखा र स्थानीय प्रशासनले कडा कारवाही गर्नु पर्ने महासंघले माग गरेको छ ।
विद्यालय परिसरमा पुगेका संचारकर्मी यादवलाई कसको अनुमतिमा आएको प्रश्न गर्ने प्रधानाध्यापक चौरसीया र ईटा प्रहार गर्ने सहप्रधानाध्यापक यादवको उछृख्लताले स्वतन्त्र प्रेस माथीको ठाडो हस्तक्षेप भएको महासंघले जनाएको छ ।
समाजिक संजालमा भाईरल भिडियोमा शिक्षिका यादवले स्वंय ईटा प्रहार गरेको र प्रधानाध्यापक चौरसीयाले अवरोध गर्नुको साथै विद्यार्थीहरुलाई संचारकर्मीलाई कुट्न निर्देशन गरेको प्रष्ट संग देखिन्छ ।
तसर्थ दुबै शिक्षकमाथी कानुन अनुसारको कारवाही गरी शिक्षण पेसामा अराजकहरुलाई नियन्त्रण गर्न र प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्ध सबै पक्षमा महासंघले आग्रह गरेको अध्यक्ष तिवारी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय