बिरगंज, ८ जेठ ।
बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध आज नेपाली कांग्रेस पर्साले व्यापक विरोध प्रदर्शन गरेको छ। कांग्रेसले मेयर सिंहमाथि कीर्ते नागरिकता बनाएको आरोप लगाएको छ।

विरोध प्रदर्शन बिरगंजको माइस्थानबाट सुरु भई आदर्शनगर हुँदै घन्टाघरसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा समाप्त भएको थियो। कांग्रेसले आरोप लगाएको छ कि मेयर सिंहले अरूको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता बनाएका छन्। यस आधारमा, नेपाली कांग्रेस पर्साले सिंहविरुद्ध कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

विरोध कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख नेता तथा कार्यकर्ताहरूको ठुलो उपस्थिति रहेको थियो। जनार्दन सिंह क्षेत्री, ओमप्रकाश शर्मा, रामनारायण कुर्मी, बिरगंज महानगरका उपमेयर इम्तियाज आलम, महमद शहाबुदिन लगायतका नेताहरूले विरोध जुलुसको नेतृत्व गरेका थिए।

ज्ञापनपत्र बुझाउने क्रममा प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र प्रशासनले छानबिन गर्ने आश्वासन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय