वीरगञ्ज, ८ जेठ – पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट सडकखण्डमा नियमित चेकिङ्गको क्रममा दुई जना व्यक्तिहरूलाई लागुऔषध सहित पक्राउ गरिएको छ। प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले राति करिब २२:०० बजे बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटी रोकी जाँच गर्दा स्कुटीको सिटमुनी लुकाइ छिपाइ राखिएको प्लाष्टिकको झोलाभित्र खैरो हिरोइन जस्तो देखिने पदार्थ १५१ ग्राम र अफिम जस्तो देखिने पदार्थ १५४ ग्राम फेला परेको थियो।

पक्राउ पर्नेहरूमा २९ वर्षीय समुन्द्र साह र २४ वर्षीय अमिर वानिया रहेका छन्। दुबैजना मकवानपुर, हेटौडा उपमहानगरपालिका वडा नं. ३ का बासिन्दा हुन्। उनीहरूलाई २०८१ जेष्ठ ७ गते पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी प्रक्रिया पुर्याई अनुसन्धानको लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिहरू विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ।

यो घटनाले समाजमा लागुऔषधको प्रयोग र ओसारपसार सम्बन्धी चनाखो रहनुपर्ने अवस्थालाई उजागर गरेको छ। प्रहरी प्रशासनले यस्ता अवैध गतिविधिहरूलाई नियन्त्रणमा लिन थप सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय