वीरगन्ज ,१२ जेठ ।

वीरगन्जमा शनिबार देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा रहेको क्लबहरुको सहभागिता उक्त प्रतियोगिता सुरु भएको हो ।

आदर्शनगर खेल मैदानमा भएको उदघाटन खेलमा युवा स्पोर्ट्स क्लब र युनिटी युवा क्लब बीचको बराबरी भएको थियो ।

खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेका हुन ।
आजको खेलको म्यान अफ दि म्याच युवा स्पोर्ट्स क्लबका गोलकिपर सावन कुमार भए ।
अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी हुने आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए ।
भोलिको खेल सगरमाथा युवा क्लब र शक्ति युवा क्लब बीच हुने महासचिव परीयारले बताए ।

प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय महासचिव किरण राईले गरेका थिए ।

खेल उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले अब संघको राजनीतिलाई एउटा डालोमा राखेर खेलकुद प्रतियोगिता निरन्तर अगाडि बढाउने बताए ।

यस्तै अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले पनि केही समय देखि रोकिएको सबै प्रतियोगिता अब सुरु हुन लागेको बताए ।

पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको उदघाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह , नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , भेट्रान सिटि क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेत ,वरिष्ठ उपाध्यक्ष रोसन श्रेष्ठ लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय