सर्लाही १४ जेठ ।
जिल्ला सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ मा मधेश प्रदेश ०३-००१ च ७४५४ नम्बरको गाडीमा अवैध रुपमा भारततर्फ लैजान लागिएका ७ वटा गाई सहित गाडी नियन्त्रणमा लिइएको छ। गाडीका चालक हेमन्त ढुङ्गेल र सह-चालक ईशराफुल मियालाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेका गाई र गाडीको अन्दाजी मूल्य ५,५६,०००।– रहेको छ। यस घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मिति २०८१।०२।१४ गते भन्सार कार्यालय मलंगवा, सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार, गाईहरुको अवैध ओसारपसारको सूचना प्राप्त भएपछि तत्कालै कारवाही गरिएको हो। पक्राउ परेका व्यक्ति र गाईसम्बन्धी थप अनुसन्धान भइरहेको छ।
यस प्रकारका अवैध गतिविधिहरु नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको र दोषीहरुलाई कडा कारवाही गरिने बताइएको छ।