पथलैया, १५ जेष्ठ । गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा आज बिहान मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयामा प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीज्यूको उपस्थितिमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बिहान ७:०० बजे देखि ९:०० बजे सम्म आयोजना गरिएको थियो। यस कार्यक्रममा मधेस प्रदेश पथलैयाका ट्राफिक प्रहरी र प्रहरी कल्याण कोष पेट्रोल पम्प पथलैयामा कार्यरत २८ जना प्रहरी अधिकृत तथा जवानहरुले सक्रिय रुपमा भाग लिएका थिए।

उक्त कार्यक्रममा जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ०१, पथलैयास्थित भिमसेन मन्दिर क्षेत्रको सरसफाइ गरिएको थियो । सरसफाइको क्रममा फोहोर संकलन र व्यवस्थापनमा विशेष ध्यान दिइयो, जसले वातावरणीय स्वच्छता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

साथै, कार्यालय परिसर भित्र विभिन्न जातका १२५ वटा बोटविरुवा वृक्षारोपण गरिएको थियो । यस वृक्षारोपण कार्यक्रमले वातावरणीय संरक्षणमा योगदान पुर्याउनुका साथै हरियाली प्रवर्धन गर्न मद्दत गर्नेछ। प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीज्यूले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिहरूले प्रहरीको समाजप्रतिको उत्तरदायित्वलाई प्रतिबिम्बित गर्ने बताए।

कार्यक्रमले वातावरणीय सरसफाइ र संरक्षणको सन्देश फैलाउँदै स्थानीय समुदायलाई पनि प्रेरित गरेको छ। सहभागी प्रहरी अधिकृत तथा जवानहरुले यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय