वीरगन्ज, १६ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर १३, राधेमाईमा एक १८ बर्षिया किशोरीमाथि छुरा प्रहार भएको छ। पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १, धोरेकी प्रिया यादवलाई राधेमाइ स्तिथ डेरा अगाडि राती ८:३० बजे छुरा प्रहार गरिँदा गम्भीर घाइते भएकी छन्।

प्राप्त जानकारी अनुसार, यादवलाई तुरुन्तै नजिकैको तराइ अस्पतालमा उपचारका लागि लगिएको छ जहाँ उनको अवस्था गम्भीर बताइएको छ। घटनाको कारण र दोषीको पहिचान सम्बन्धी अनुसन्धान जारी रहेको स्थानीय प्रहरी स्रोतले जानकारी दिएका छन्।

घटनास्थलमा स्थानीयहरु आक्रोशित भएका छन् र अपराधीलाई चाँडोभन्दा चाँडो पक्रेर कडा कारबाहीको माग गरेका छन्। यस प्रकारका घटनाले समाजमा भय र असुरक्षाको वातावरण सृजना गरेको भन्दै स्थानीयहरुले सुरक्षा व्यवस्थामा सुधार गर्न आग्रह गरेका छन्।

यस घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने अनुमान गरिएको छ। हाल, प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय