बिरगंज, १८ जेठ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको अस्थाई प्रहरी चौकी रानिघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजाराम कुशवाहा असुलीमा व्यस्त रहेको पाइएको छ। प्रहरी चौकी रानिघाटका असई राजाराम कुशवाहाले अलौ नाकाबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका प्याज, माछा, हार्डवेयरको पार्टपुर्जा, इलेक्ट्रोनिक पार्टपुर्जा, काजु किसमिस, भारतीय शर्टिङ शुटिङको कपडा लगायतका सामान बोकी ल्याएका कारोबारीहरू सँग ग्यान्डा स्कूल नजिक टिनको छाप्रोमा बसि सो बाटो भएर तस्करीको सामान रानिघाट हुँदै जाने कारोबारीहरूलाई रोकि महिनावारी असुल्दै आएको दृश्य यस अनलाइनले फेला पारेको छ।


प्रहरी सहायक निरीक्षक कुशवाहा सिभिल ड्रेसमा रामगढवा र ग्यान्दा स्कुल नजिकको सडकमा बसि साइकल मोटरसाइकलमा अबैध माल समान ल्याउने ब्यापारीहरु सङ हाकाहाकी रकम असुली रहेको ब्यापारीहरुले गुनासो गरेका छ्न ।


सीमावर्ती सहर रक्सौलबाट खरिद गरेको सामानहरू अलौ नाकाबाट भन्सार छली गरी सीमानाकामा खटेका प्रहरीलाई आर्थिक लाभ दिएर नेपालतर्फ अलौ ड्राइपोर्ट हुँदै रानिघाट भएर बिरगंज बजारसम्म जाने कारोबारीहरूसँग प्रहरी चौकी रानिघाटका असई राजाराम कुशवाहाले महिनावारी लिएर छाड्ने गरेको र नदिने व्यापारीहरूलाई दुःख दिने गरेको व्यापारीहरूले बताएका छन्।

प्रहरी सहायक निरीक्षक राजाराम कुशवाहाले प्रहरी चौकी रानिघाटकै एरियामा घरेलु मदिरा उत्पादन गर्ने भट्टीसँग २० हजारका दरले महिनावारी उठाउने गरेको जानकारी प्राप्त भएको छ। विगतका दिनमा जिल्ला प्रहरी कार्यालय पर्साले धेरै पटक रानिघाटमा लामा दाजु भाइले सञ्चालन गरेको भट्टी नष्ट गरेको थियो। तर अहिले भट्टी नष्ट गर्नुको सट्टा प्रहरी चौकी रानिघाटले संरक्षण गरिरहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी कुमोद धुङेलको यश तर्फ ध्यान जाओस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय