बिरगंज, १९ जेठ ।

बिरगंजमा मसाज सेन्टरको नाममा अवैध देह व्यापार फस्टाउँदै गएको समाचार प्राप्त भएको छ। स्थानीय बासिन्दाहरूका अनुसार शहरका विभिन्न स्थानमा खुलेका मसाज सेन्टरहरूले प्राय: यौन व्यवसाय सञ्चालन गर्दै आएका छन्।

स्थानीय प्रहरी प्रशासनको संलग्नता र संरक्षणका कारण यस्ता अवैध गतिविधिहरू दिनप्रतिदिन बढ्दै गएका छन्। मसाज सेन्टरको नाममा खोलिएका यी केन्द्रहरूले आफ्नो मुख्य उद्देश्यलाई लुकाएर अवैध कार्यहरू सञ्चालन गर्ने गरेको बताइएको छ।
स्थानीय बासिन्दाहरूले प्रहरी प्रशासनमा थुप्रै पटक उजुरी गरे पनि कुनै ठोस कारबाही नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार प्रहरी प्रशासनले यी मसाज सेन्टरहरूलाई संरक्षण दिँदै आएको छ, जसले गर्दा यौन व्यवसायलाई बढावा मिलिरहेको छ।

यस किसिमको अवैध कार्यले समाजमा नैतिकता र सुरक्षामा नकारात्मक प्रभाव पारिरहेको छ। यसले विशेषगरी युवा पुस्तामा गलत सन्देश प्रवाह गरिरहेको र समाजको स्वस्थ्य वातावरणलाई बिगारिरहेको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सँग सम्पर्क गर्दा, यस विषयमा अनुसन्धान भइरहेको र दोषी पाइएमा कडा कारबाही गरिने बताएका छन्। तर, स्थानीय बासिन्दाहरूको विश्वास अनुसार, प्रहरी प्रशासनको मिलेमतोले नै यो कार्य फस्टाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय