बिरगंज, २० जेठ ।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र जितपुरसिमरा वडा नं. १४ बीच सम्झौता भएको छ। जितपुरसिमरा वडा नं. १४ अन्तर्गत रहेका बिरामीहरूलाई उपचारको क्रममा रक्तसञ्चार केन्द्रबाट आवश्यक पर्ने रगतको परिक्षण बापतको शुल्कलाई निःशुल्क उपलब्ध गराउने भनी रेडक्रसका सभापति बिरेन्द्र राज कंडेल र वडाअध्यक्ष चयन गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षरको क्रममा सेवा कार्यलाई तिब्रता दिँदै रगतको परिक्षण शुल्कलाई वडावासीलगायत सबै ठाउँका बासिन्दाहरूलाई समेत निःशुल्क रगत उपलब्ध गराउनका लागि आफ्नो क्षेत्रमा लगायत अन्य निकायमा पनि पहल गर्ने प्रतिबद्धता वडाअध्यक्ष चयन गुरुङले जनाएका छन्।

रक्तदान कार्यक्रमदेखि रक्तसञ्चार केन्द्रसम्म र साथै सो रगतलाई विभिन्न रोग परिक्षण गरेर बिरामीको रगतले क्रसम्याचको प्रक्रियालाई पूरा गरेर बिरामीसम्म सुरक्षित पुर्याउने कार्यमा लाग्ने शुल्कलाई ध्यानमा राखी जितपुरसिमरा-१४ का वडाअध्यक्ष चयन गुरुङले गर्नु भएको सराहनीय कार्यलाई धन्यवाद दिँदै प्रत्येक वडा एवं प्रत्येक स्थानीय जनप्रतिनिधिले समेत रेडक्रसको कार्यमा समन्वय एवं सहयोग गर्नु पर्ने कुरामा जोड दिँदै सबैले निःस्वार्थ रूपमा मानवीय सेवा कार्यमा जुट्नका लागि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कंडेलले अनुरोध गर्नुभएको छ।

सम्झौता पत्र हस्ताक्षरको क्रममा नेपाल रेडक्रस पर्साका नि.शाखा अधिकृत बिरशम्सेर प्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव र मिना क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय