वीरगंज २० जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी अलौको सिमानाकाबाट संस्थागत रुपमा तस्करी सुरु भएको छ । बिरगंजको मुख्य भन्सार बाट हुने तस्करी सशस्त्र प्रहरीले कडाइ गरे पछि तस्करहरु अहिले सहायक नाका अलौ तर्फ केन्द्रित भएका छ्न ।

प्रहरी चौकी अलौका ईन्चार्ज प्रहरी नायव निरिक्षक सुनिल पनेरु र जिल्ला प्रहरी कार्यालय पर्साका क्राईम शाखाका घुमुवा प्रहरीको सेटिड्डमा अलौनाकाबाट तस्करी फस्टाएको हो । देशभर आर्थिक मन्दी चलिरहेको अवस्थामा देशकै प्रमुख आर्थिक नगरीको रुपमा रहेको पर्सा जिल्लाबाट प्रहरी प्रशासनकै मिलोमतोमा तस्करी धन्दालाई बढावा दिनुले आर्थिक अपराध समेत बढेको पाइएको छ ।

वीरगंज महानगरपालिकाको अलौ सिमानाकाबाट बिहान देखी राती सम्म तस्करहरुको लावालस्कर लाग्ने गरेको स्थानियहरुको गुनासो रहेको छ ।

तस्करहरुले सिमावर्ती सहर रक्सौलबाट शर्टिड्ड शुटिड्डको कपडा,हार्डवेयरको पार्टपुर्जा, ईलेक्ट्रोनिक्स पार्टपुर्जा, खाद्यान्य, गुटखा, रज्नीगन्धा पान मसाला,आन्द्र प्रदेशबाट ल्याएको केमिकल प्रयोग भएको माछा, प्याज, काजु, किसमिस, लगायतको सामानहरु भन्सार छली गरि  अलौ सिमानाका हुुदै बोर्डरमा खटेको प्रहरीकै सहयोगमा  अवैध रुपमा वीरगंज बजार सम्म ल्याउने गरेका छन ।


त्यसैगरि अलौनाकाको आईसिपिको पश्चिम पर्खाल नजिकको नाकाबाट दुई दर्जन भन्दा बढि प्याज तस्करका भरियाहरुले साईकल, मोटरसाईकल मार्फत बिहान देखि बेलुका सम्म अवैध रुपमा प्याज तस्करी गरी वीरगंजको घण्टाघर नजिक रहेको पतंजलि स्र्टोस नजिक रहेको बिमल भन्ने व्यापारीको गोदाममा राख्ने गरेको जानकारी प्राप्त भएको छ ।

प्याजको व्यापारी बिमल भन्नेले जिल्ला प्रहरी कार्यालय पर्साका क्राईमको घुमुवाको रुपमा खटने प्रहरीलाई महिनावारी दिएर कार्य संचालन गरेको श्रोतको दावी छ । इ प्याज तस्करहरुले प्रती साइकल मोटरसाइकल महिनाको तीन हजारका दरले प्रहरी चौकी अलौका सइ सुनिल पनेरुलाइ दिने गरेको एक प्याज कारोबारीले यस अनलाइनलाई जानकारी दिए । त्यसैगरी अलौ सिमानाकाबाट काजु, किसमिसको तस्करी व्यापक रुपमा भईरहेको छ ।

स्थानिय प्रहरी देखि जिल्ला सम्मको प्रहरीलाई महिनावारी बुझाएर तस्करहरुले एक दर्जन भन्दा बढि मोटरसाईकलमा भरियाहरुको माध्यमबाट काजु किसमिस लोड गरी वीरगंज बजारमा रहेको ट्रान्सपोर्टहरुमा पु¥याउने गरेका छन ।

प्रहरी प्रधान कार्यालयले देश भरीका प्रहरीलाई निर्देशन दिदै भन्सार एरियामा हुने चोरी तस्करीलाई संरक्षण गर्ने आर्थिक लाभ लिने प्रहरीलाई विभागिय कार्यवाही गर्ने भन्ने पनि पर्सा प्रहरीमा त्यो लागु नभएको देखिएको छ । यस तर्फ माथिलो निकायको ध्यान जाओस । क्रमश

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय