असार ७ पर्सा,।
जिल्ला प्रहरी कार्यालय पर्साले दुइवटा हातिको दारा सहित तीन जनालाइ नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा विजयबस्ती गुम्बालाइन, ठोरी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४१ को कुइस लामा, वीरगञ्ज महानगरपालिका वडा नं. १४, पिप्रा बस्ने बर्ष ४० को प्रेम शर्मा, र वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बस्ने बर्ष ३१ को अमिरीलाल महतो रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं. ४ गोरखपुर टोलमा विगत केही महिना अगाडि देखि अपरिचित व्यक्तिहरूले हात्तीको दारा विक्री गर्न ग्राहक खोजिरहेको सूचना प्राप्त भएको थियो। थप जानकारीका लागि प्रहरी परिचालन गरी गोप्य रूपमा अनुसन्धान गरिएको थियो।
प्रहरीले ठोरी गाउँपालिका वडा नं. ४ स्थित चन्द्र परियारको खेतमा खाल्डो खनी राखिएका दुईवटा हात्तीको दारा जस्तो देखिने वस्तुहरू फेला परे। यी वस्तुहरूको तौल करिब २१/२१ केजी थियो।

घटनास्थलमा नेपाली रुपैयाँ ५० दरको नोटमा मिति सहितको फोटो तथा भिडियो, दुईवटा हात्तीको दारा जस्तो देखिने वस्तुहरू (२१/२१ केजी) र एकथान मोबाइल समेत बरामद गरिएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूलाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय