बिरगंज १० असार ।
बिरगंज महानगरपालिकाको सहयोग र द मधेश टाइम्स मिडिया प्रा.लि.द्वारा आयोजित तीन दिने डिजिटल पत्रकारिता तालिम आज समापन भएको छ। तालिममा डिजिटल पत्रकारिताका विभिन्न पक्षहरुबारे प्रशिक्षण दिइएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बिरगंज महानगरपालिकाका सूचना शाखा प्रमुख ओम प्रकाश चौधरी उपस्थित थिए। उनले तालिमको महत्व र यसले पत्रकारितामा पार्ने सकारात्मक प्रभावबारे आफ्नो अनुभव साझा गरे। चौधरीले भने, “डिजिटल युगमा पत्रकारिताले नयाँ आयाम प्राप्त गरेको छ। यहाँ सिकेका सिप र ज्ञानले व्यावसायिक जीवनमा नयाँ दिशा दिनेछ।”

तालिमका प्रशिक्षक ओम प्रकाश खनालले प्रशिक्षण अवधि भरि सहभागीहरुलाई डिजिटल पत्रकारिताका आधुनिक प्रविधि र विधिहरु बारेमा ज्ञान दिएका थिए। उनले भने, “यो तालिमले सहभागीहरुलाई डिजिटल प्लेटफर्ममा समाचार संकलन, सम्पादन र प्रकाशनको क्षमता बढाएको छ।”

कार्यक्रमका अन्य अतिथीहरु ध्रुब अधिकारी, निर्मला अधिकारी र अमित साहले पनि आफ्नो विचार राख्दै तालिमको प्रभावकारिता र सहभागीहरुको उत्साहको प्रशंसा गरे। अधिकारीले भने, “डिजिटल पत्रकारिता भविष्यको पत्रकारिता हो। यहाँ सिकेको ज्ञान व्यवहारिक जीवनमा उपयोगी हुनेछ।”

तालिममा ३१ जना सहभागी रहेका थिए। सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान र सिपलाई प्रभावकारी रुपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तालिमको समापन समारोहको अध्यक्षता द मधेश टाइम्स मिडिया प्रालीका राम कुशवाहाले गरेका थिए। उनले भने, “सही र सटीक समाचार बनाउनु हाम्रो कर्तव्य हो। तालिममा सिकेका कुराहरुले तपाईहरुलाई यो कार्यमा सहयोग गर्नेछ।”

यस तालिमले डिजिटल पत्रकारिताको क्षेत्रमा ठुलो योगदान पुर्याउने विश्वास लिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय