बारा ११ असार ।
जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित ३ जनालाई सिमराबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २ स्थित सिमरा चोकमा वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा बसको चालकको सिटमुनी लुकाइएको ९ ग्राम ७६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो।
लागू औषध खैरोहिरोइन सहित पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. ३२ बस्ने बसका चालक मुनिलाल प्रसाद रौनियार, जिल्ला पर्सा, पोखरिया नगरपालिका वडा नं. ०२ बस्ने बसका सह-चालक दिपेन्द्र शर्मा, र जिल्ला पर्सा, पकहामैनपुर गाउँपालिका वडा नं. ४, खेस्राहाका भिम गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
पक्राउ परेका तिनैजनालाइ बारा प्रहरीले लागू औषध मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैया बाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको छ।
प्रहरीले सार्वजनिक गरेको यो घटनाले लागू औषधको ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही अघि बढाउने प्रयासमा थप प्रभावकारी कदम चालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय