काठमाडौं, १ साउन ।
संघीय सरकारको खानेपानी मन्त्री माननीय प्रदीप यादवले मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा, विभाग र शाखाहरूको बारेमा जानकारी लिंदै, स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न आधुनिक प्रविधिको प्रयोग, दिगो योजनाहरूको विकास, र जनचेतना कार्यक्रमहरू सञ्चालनमा जोड दिनुभएको छ।
मन्त्री यादवले ग्रामीण तथा दुर्गम स्थानहरूमा विशेष प्राथमिकता दिने र अनुगमन तथा मूल्यांकन प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सबैलाई सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताउँदै, यस अभियानलाई सफल बनाउन सबै तहका निकायहरूबीच समन्वयको आवश्यकता औंल्याउनुभएको छ।
मन्त्रालयले नयाँ योजनाहरू कार्यान्वयन गर्नका लागि आवश्यक बजेट र स्रोत साधनहरूको व्यवस्थापनमा विशेष ध्यान दिने तयारी गरिरहेको छ। साथै, जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर स्थानीय समुदायलाई स्वच्छ पानीको महत्वबारे शिक्षित गराइनेछ।
यसका साथै, मन्त्री यादवले दूषित पानीका कारण हुने रोगहरूको निवारणका लागि नियमित रूपमा पानीको गुणस्तर परीक्षण गरिनुपर्नेमा पनि जोड दिनुभएको छ। उहाँको नेतृत्वमा मन्त्रालयले स्वच्छ पानीको पहुँच विस्तार गर्नका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।